काठमाडौं थप १४९८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।