चौधरी समूहलाई एनबी बैंकको ४१ शेयर नबेच्न अदालतको आदेश


न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल बङ्गलादेश बैंकमा रहेको आईएफआईसी बैंकको सेयर खरिद बिक्री प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतको आदेशपछि नेपाल बङ्गलादेश बैंककाे ४१ प्रतिशत सेयर बिक्री रोकिएको हो । आईएफआईसी बैंक करिब ४१ प्रतिशत सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरिद गर्न लागेको थियो । विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्न नगराउनु भनी विपक्षीहरुका नाममा आदेश जारी गरिएको छ ।

उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी ७ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानूसार पेश गर्नू आदेशमा भनिएको छ । न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

हेर्नुस् यस्तो छ आदेश