निर्वाचन आयोगद्धारा शुक्रबार सर्वदलीय बैठक आह्वान


न्युज अफ नेपाल, काठमाडौं ।

निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।

बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ । थपलियाले बैठकका मुख्य गरी तीन एजेण्डा भएको जानकारी दिएका छन् । उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने बताए ।