सचिवको टेबलमा राजीनामा, मन्त्रीले भन्दा पनि सचिवले स्वीकृत गरेका छैनन्


न्युज अफ नेपाल,काठमाडौं । 

आफुले गरेको गल्ती ढाकछोप गर्दै नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले  दिएको राजीनामा समितिका अध्यक्ष एवं सचिव महेश्वर न्यौपानेले स्वीकृत गर्न आनाकारी गर्नुभएको छ ।

  कार्यकारी निर्देशक दाहालले कार्यलय खुलासाथ मध्यान्हमा मन्त्रालयमा दर्ता गरी पठाएको पत्र सचिवको टेबुलमा पुगे पनि स्वीकृत गर्नुभएको छैन । मन्त्रालयका उच्च स्रोतका अनुसार मन्त्री प्रेमबहादुर आलेले कार्यकारी निर्देशक दाहालको राजीनामा  तत्काल दिन स्वीकृत गर्न निर्देशन दिनुभएको थियो ।

 लगत्तै मन्त्रीको सचिवालयले सो पत्र सचिव दाहालको टेबुलमा पठाएको थियो । दिउसै आएको पत्र सचिवले किन स्वीकृत गर्न इन्कार गरेको  हो भन्ने विषयमा मन्त्रीलाई जानकारी छैन ।मन्त्री आलेले राजीनामा स्वीकृत गरी छानबिन गर्न निर्देशन दिनुभएको थियो । सचिव ज्युको टेबुलमा पुगेको छ , सचिवले हेर्दै छु भनेपछि कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत हुने हो वा होइन भन्ने विषयमा अन्योल बढेको छ ।

 संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न ठेक्का विवादमा छानबिन गर्न गठित टोलीले दाहाललाई दोषी देखाएपछि नैतिकताको आधार देखाउँदै राजीनामा दिनुभएको थियो ।