थप २४४४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


न्युज अफ नेपाल,  काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप  २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३  जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त  भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।