माधव नेपाललाई कोरोना संक्रमण


न्युज अफ नेपाल,काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ पिसिआर परीक्षण गर्दा उनीमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको सचिवालयले जनाएको छ । कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।

नेपालमा शीर्ष तहका नेताहरुमा नै धमाधम कोरोना संक्रमण देखिंदै आएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायत धेरै शीर्ष नेताहरु अहिले कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् ।