उद्योग वाणिज्य संघ गुल्मीमा पौडेल



गुल्मी, (नेस) ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारणसभाले उहाँलाई निर्वाचित गरेको हो ।

पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा विष्णु अधिकारी, सहकोषाध्यक्षमा ईश्वरी कँडेल निर्वाचित भएका हुन् ।

जिल्लामा व्यापारीहरु राजनीतिक दल समर्थक भएर विभाजित भएका छन् । गुल्मी उद्योग वाणिज्य संघमा नेकपा एमाले समर्थक व्यपारीलेले भने सहभागिता जनाएनन् । जिल्लामा अहिले वाणिज्य संघसँगै चेम्बर अफ कमर्स र उद्योग संघ विस्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्