लुटेराको आक्रमणमा २ सयको मृत्यु



कानो, (एजेन्सी) ।

नाइजेरियामा कम्तीमा २ सय जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तरपश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेका हुन् ।

राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको थियो । ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तीमा १ सय ४३ जनाको दाहसंस्कार गरेका छौँ ।’ –स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २ सयभन्दा बढीको मृत्यु भएको उनले बताए ।

मोटरसाइक चढेर आएका झन्डै ३ सय आक्रमणकारीले १० वटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए । यसैबीच, लुटपाट मच्चाउने १ सय जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ । जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्