२४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६,७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ३ हजार ५ सयको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५,२२५ जना रहेका छन् । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा रहेका छन् भने ३७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।