बढी शुल्कअसुलेपछि विद्यार्थी संगठनले गरे नोवेल कलेज तोडफोड


न्युज अफ नोपल, काठमाडौं ।

विराटनगरस्थित नोवेल मेडिकल कलेजले सरकारबाट तोकिएको भन्दा बढी शुल्क असुलेपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा तोडफोड गरेका छन् ।

चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजले सरकारी शुल्कभन्दा २० लाख बढी असुल गरेको भन्दै विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन्।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोवेलको मुल गेटमा केहीबेर अघि तोडफोड गरेका हुन् ।

विद्यार्थीहरुले गेट फोडेर नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन्। नोवेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन्। विद्यार्थी संगठनहरुले नाराबाजी जारी राखेका छन्।