सरकारसँग चार बुँदे सहमतिपछि ४१ दिनपछि रुवी खानले तोडिन् अनसन


न्युज अफ नेपाल काठमाडौं ।

निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्याय माग्दै लामो समयदेखि अनसन बसेकी अधिकारकर्मी रुवी खानले अनसन तोडेकी छन् । सरकारसँग मंगलबार भएको चार बुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन तोडेर धर्ना स्थगित गरेका हुन् ।

निर्मला कुर्मी हत्या प्रकरणको छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी खटाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने सहमति भएको छ। सरकार र मञ्चबीच भएको सहमति सार्वजनिक गर्दै खानले अनसन तोडेकी हुन्।

रुवी विगत ४१ दिनदेखि अनसन बस्दै आएकी थिइन् । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह लामो समयदेखि अनसनरत थियो ।

महिला अधिकार मञ्चले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरि एक विज्ञप्ति जारी गर्दै जारी आन्दोलन स्थगित गरिएकाे हाे ।