मन्त्रिपरिषद् बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुनेछ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।

भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।