मन्त्री विश्वकर्माद्वारा प्रहरी कार्यालयको निरीक्षण



तनहुँ, (नेस) ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा आन्तरिक मामिला मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिनुभएको हो ।

मन्त्री विश्वकर्माले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुई पाटा भएको चर्चा गर्दै प्रदेश सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाइने बताउनुभयो । उहाँले संविधानको रक्षा र पालना तथा नागरिकको जीवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउनुहुँदै उहाँले त्यस्ता हिंसा न्यूनीकरणको लागि गम्भीरताका रूपमा लिन समेत प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आन्तरिक मामिला मन्त्रीबाट भएको अत्यन्त सारगर्भित, समय सापेक्ष र व्यवसायिक निर्देशन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेश प्रहरीले प्राप्त गरेको आन्तरिक मामिला मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा गण्डकी प्रदेश प्रहरी थप ऊर्जावान हुने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्