राप्रपा केन्द्रीय कार्यसमितिमा ३१ जना मनोनीत



काठमाडौं, (नेस) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिमा ३१ जना मनोनीत गर्नुभएको छ । मंगलबार पार्टी विधानअनुसार अध्यक्ष लिङ्देनले दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो ।

अध्यक्ष लिङ्देनले रूपन्देहीका निरञ्जन थापा, म्याग्दीका भीमप्रसाद गौचन, लमजुङका हेमजंग गुरुङ, धादिङका ठाकुरप्रसाद शर्मा, सुनसरीका रामकुमार सुब्बा, सुर्खेतका मुकुन्दश्याम गिरी र भक्तपुरका दिनेश श्रेष्ठलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ ।

यसैगरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा प्रा.डा.गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहनकुमार श्रेष्ठ, झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्द न्यौपाने, सरोजा शर्मा, रामप्रताप साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी, दिनेश कार्की, वीरेन्द्र बम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट र नवीन शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्