मंगल ग्रहमा पनि पर्‍यो हिउँ !



बेइजिङ, एजेन्सी ।

मंगल ग्रहको अनुसन्धानअन्तर्गत चीनले अन्तरिक्षमा डेढ वर्षअघि पठाएको अन्तरिक्ष यान तियानवेन–१ ले मंगल ग्रहमा हिउँ परेको तश्वरी पृथ्वीमा पठाएको छ । मंगल ग्रहमा तियानवेन–१ ले खिचेका भन्दै चारवटा तश्वीरलाई चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सार्वजनिक गरेको छ ।

ती रंगीन तश्वीरमा तियानवेन मार्स मिसन रातो ग्रह वरपर घुमिरहेको देखिन्छ । त्यस्तै, तश्वीरमा मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँले ढाकेको तथा मंगल ग्रहको बाँझो मैदान देख्न सकिन्छ । ती सबै तश्वीर यानमा जडान गरिएको क्यामराले खिचेको हो । सो यान अहिले पृथ्वीबाट ३५ करोड किलोमिटर टाढा छ ।

गत वर्षको जुलाईमा चीनको हेनान प्रान्तको वेन्चाङ स्पेस लन्च सेन्टरबाट पठाइएको तियानवेन १ को नाम चीनको एउटा प्राचीन कवितासँग जुराइएको थियो । यही १० फेब्रुअरीमा मंगल ग्रहको कक्षमा पुग्नुअघि यानले ४७ करोड ५० लाख किलोमिटर यात्रा पार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्