विकृति र अस्थिरता चाहनेको गोटी बने प्रचण्ड–माधव : नेता ज्ञवाली



गुल्मी ।

नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेको सरकारलाई पूरा समय टिक्न नदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल गोटी बनेको बताउनुभएको छ । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङमा आयोजना गरेको कार्यक्रममा उहाँले विकृति र अस्थिरता चाहने शक्तिका लागि प्रचण्ड–नेपाल गोटी बनेको आरोप लगाउनुभएको हो ।

पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले नेकपा एमाले सरकारमा नहुँदा पनि जनपयोगी काम गरेकाले एमालेमा जनलहर बढेको दाबी गदै भन्नुभयो– ‘राष्ट्रियता र जनजीविकाका लागि सरकारमा रहँदा पनि नरहँदा पनि आफ्नो अभियानमा जुटिरहेका छौं ।’

एमालेले नेतृत्व गरेको सरकारले इतिहासमै राज्यका स्रोत साधनको दुरुपयोग नगरेको उल्लेख गर्दै उहाँले वर्तमान गठबन्धनको सरकारले दिन प्रतिदिन जनघाती कार्य गरेको आरोप लगाउनुभएको छ । ज्ञवालीले वर्तमान परमादेशको सरकार र गठबन्धनका नेताका अहिलेको काम एमाले र केपी ओलीलाई गाली गर्ने मात्र भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्