![](https://newsofnepal.com/wp-content/uploads/2021/12/hiu-manag-10-.jpg)
न्युज अफ नेपाल, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसकारण अधिकंश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो धेरै ठाउँमा सामान्य बदली रहने विभागले जनाएको छ ।
त्यस्तै सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का हिमपातको सम्भावना रहेको छ । सोही ठाउँका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको छ।
बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।