सुख्खा पहिरोले स्याफ्रुबेसी टिमुरे सडक अवरुद्ध 



रसुवा ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ कलाङकुलुङ क्षेत्रमा मङ्गलवार बिहान गएको सुख्खा पहिरोका कारण स्याफ्रुवेसि टिमुरे क्षेत्रको सडक अवरुद्ध भएको छ । सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएपछि भन्सार भएका मालवाहक कन्टेनर र साना ठुला गाडी वाईक र पैदल  यात्री लाई समेत सकस परेको छ ।

सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट मङ्गलवार बिहान  आएको सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि मालवाहक कन्टेनर बाटोमा नै रोकिएका छन् ।

पहिरो पन्छाउनका लागि स्थानीय स्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको  प्रमुख जिल्ला अधिकारी नवराज जैसिले  बताउनु भयो । पहिरो स्थलमा निरन्तर साना ढुङ्गा झरी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्