कोरोनाविरुद्धको ‘बुस्टर’ खोप लगाउने कार्यक्रम स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई दिने भनेको कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज खोप कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेर अभियान हाललाई कार्यक्रम स्थगित गरिएको जनाएको हो ।सबै नेपालीलाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा चाँडै उपलब्ध गराउनका लागि राष्ट्रिय खोप अभियानका बारेमा प्राविधिक विषयमा छलफल तथा तयारी गर्न आवश्यक भएकाले तत्कालिलाई खोप स्थगित गरिएको जनाएको हो ।

यसबारेमा चाँडै थप जानकारी गराइने स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ ।सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई आजदेखि बुस्टर डोज खोप दिने सूचना हिजो निकालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्