मिसाहिटीको मूर्ति चोरेको अभियोगमा मुद्दा दायर


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिर नजिकै रहेको भगवान नारायणको मूर्ति चोरी गरिएको आरोपमा पक्राउ परेका दुई जनाको विरुद्ध प्रहरीले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले रामेछाप घर भई हाल ललितपुरमा बस्ने २४ वर्षीय नेशनल योञ्जन र नटोल निवासी ४५ वर्षीय सानुलाल महर्जनलाई नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रज्वल महर्जन भन्नुभयो ‘ चोरीको अभियोगमा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिसकेका छौं। घटनामा अरुको पनि संलग्ता छ कि छैन रु पक्राउ परेकाहरुको संलग्नता के कस्तो छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ ललितपुर जिल्ला अदालतले हाल उनीहरुलाई सात दिन थुनामा राख्न आदेश दिएको छ ।

ललितपुर महानगरपालिका–११ स्थित सो मन्दिर परिसरको मुलढोका नजिकको ढुंङ्गेधारा ९मिसाहिटी० को माथि रहेको कलात्मक मूर्ति गत मंसिर २७ गते राति चोरी भएको थियो । प्रहरी चौकीबाट करिब ५० मिटर दुरी अगाडी भएको सो घटनालाई लिएर सम्पदा अभियन्ताहरुले सामाजिक सञ्जाल मार्फत चासो प्रकट गरेका थिए । प्रहरीकै अनुसन्धानकै क्रममा बाडेगाउँमा भएको मूर्ति चोरीको आरोपमा योञ्जन पक्राउमा परेको थियो ।

बंगलामुखीमा भएको चोरीमा पनि निज संलग्नता हुने सक्ने आशंका गरी सोधपुछ गर्दै जाँदा सो घटनाको तथ्य बाहिर आएको महानरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले बताउनुभयो।निज योञ्जनले आफूले चोरेका मूर्तिहरु महर्जनलाई बेच्ने गरेको बताएपछि परिसरबाट खटिएको प्रहरीको टोली महर्जनलाई पक्राउ गरिएको थियो।चोरी भएको मूर्ति ललितपुर महानगरपालिका– ९ च्यासलको बस्ती नजिकको झाडीमा फेला परेको थियो।