माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगायो



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादीको केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिए पछि प्रदेश २ का लागि उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित) उम्मेदवार बनाएको छ ।

त्यस्तै कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग/अल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको हो । आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्