आजको मौसम : धेरै ठाउँमा सफा, केहि ठाउँमा आंशिक बदली



न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसकारण देशभर मौसम सामान्यतया सफा रहेको छ । तर, तराईका धेरैजसो भू-भागहरूमा भने हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ । भोलि (बुधबार) सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्