सत्ता गठबन्धनबीच सिट बाँडफाँट



काठमाडौं, (नेस) ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरूमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय भएको हो ।

सहमतिअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउनेछन् । खाली हुने १९ सिटमध्ये ८ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यको कार्यकाल सकिँदै छ । यसअघि जुन–जुनबाट सदस्यहरू थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको छ ।

यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेका आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्