तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तार सर्ट भएरआगो सल्किएको हो ।

आगो नियन्त्रणका लागि दमकल र प्रहरीको टोली पुगिसकेको छ । आगलागी भएपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । बिजुलीको पोलमा तार सर्ट हुँदा भएको आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।