भारत–पाकबीच बन्दी नागरिकको सूची आदान–प्रदान



नयाँदिल्ली, एजेन्सी ।

भारत र पाकिस्तानले आफ्ना हिरासतमा रहेका बन्दी नागरिक र मछुवाराको सूची आदान–प्रदान गरेका छन् । सन् २००८ सम्झौताको प्रावधानअनुसार भारत र पाकिस्तानले आफ्ना हिरासतमा रहेका नागरिक कैदी र मछुवाराको सूची आदान–प्रदान गरेका इण्डियन न्युज नेटवर्कले जनाएको छ ।

भारतले पाकिस्तानलाई दुई भारतीय नागरिक बन्दी र ३ सय ५६ भारतीय मछुवारा रिहाइ गरी फिर्ता पठाउन आग्रह गरेको छ । यसका साथै १ सय ८२ जना भारतीय मछुवारा र १७ जना नागरिक बन्दीलाई तुरुन्त वाणिज्यक दूतको सुविधा प्रदान गर्न पनि पाकिस्तानलाई भारतले आग्रह गरिएको छ । सरकारले पाकिस्तानको हिरासतबाट नागरिक बन्दी, बेपत्ता भारतीय रक्षा कर्मचारी, मछुवारा र तिनका डुंगासहित रिहा गर्न र स्वदेश फिर्ता गर्न आह्वान गरेको हो ।

नयाँदिल्ली र इस्लामावादमा एकैसाथ कूटनीतिक माध्यमबाट सूचीहरू आदान–प्रदान गरिएको थियो । त्यस्ता, सूची प्रत्येक वर्ष जनवरी १ र जुलाई १ मा आदान–प्रदान हुँदै आएको छ । भारतले २ सय ८२ जना पाकिस्तानी नागरिक बन्दी र भारतको हिरासतमा रहेका ७३ जना मछुवाराको सूची पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्