पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु



यमलाल भुसाल, बुटवल ।

बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ भने अन्य थप ८ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मोहन खाणले बताउनु भयो ।

लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्