लामाले लिइन् ८६ वर्षमा नागरिकता



मुगु ।

मुगुमा एक वृद्धाले ८६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्लाको पूर्वी भेगमा रहेको मुगुमकामारोङ गाउँपालिका–३ की काशिग्याल लामाले ८६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

गत सोमबार जिल्ला प्रशासन कार्यालय मुगु आएकी लामालाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिता दिनुभएको हो । साथै, चिसोबाट बच्न लामालाई कम्बलसमेत हस्तान्तरण गरिएको थियो । भारतको कुल्लु मनाली भन्ने ठाउँमा करिब ३५ वर्षदेखि स–परिवार बस्दै आएकी लामा पछिल्लो समय जुम्लामा बसोवास गर्दे आउनुभएको थियो । सहज रूपमा नेपाली नागरिकता पाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्