एकको जमिन कित्ताकाट हुँदा अर्कैको



vf]tL of]Uo hdLg afFem} ;fpgsf] clGtd ;ftf;Dd klg k|ofKt jiff{ gx’Fbf bfªsf] t’n;Lk’/–!) df afFem} /x]sf] v]tL of]Uo hdLg . bfªdf ^% k|ltzt dfq /f]kfOF ePsf] 5 . tl:a/ M afnf/fd v8sf, bfª, /f;;

रौतहट ।

नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमिन अर्कोको नाममा किताकाट गरिदिएको पाइएको छ । कटहरिया नगरपालिका–२ निवासी दुर्गादेवी सिंह र कमलादेवी सिंहको हथीयाई–४ (ख) जमुनियास्थित कित्ता नम्बर ७३ को १ कट्ठा ४ धुर जमिनलाई कित्ताकाट गरेर अर्कैको नाममा राखेको पाइएको हो ।

आफ्नो नामको जमिन अर्कोको नाममा कित्ताकाट भएपछि संसोधनका लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदासमेत बेवास्ता भएको गुनासो पीडितको रहेको छ । साविक हथियाई गाविस–६ मा रहेको उक्त जमिनलाई नापी कार्यालयका अमिन धनवीर चौरसिया र तत्कालीन नापी अधिकृत शिवशरण साहको मिलोमतोमा सोही स्थान निवासी रवीन्द्रकुमार साह कलवारको नाममा कित्ताकाट गरेको पाइएको हो । पूर्वपटि साढे दश धुर जमिन रहे पनि कित्ताकाट गर्ने क्रममा दुर्गादेवी सिंह र कमलादेवी सिंहको जमिनको दक्षिणपूर्बबाट साढे दश धुर जमिनको कित्ताकाट गरिदिएको खुलेको छ ।

नापी कार्यालय चन्द्रनिगाहपुरका अमिन धनवीर चौरसियाले कित्ताकाट गर्दा प्रमुखको निर्देशनमा गरेको बताउनुभयो । नापी कार्यालय चन्द्रनिगाहपुरका अमिनले आर्थिक चलखेल गरेर कित्ताकाट गरेको पीडित दुर्गादेवी सिंह बताउनुहुन्छ । किताकाट गर्दा गुमेको आफ्नो जमिन फिर्ताका लागि तीन महिनादेखि नापी कार्यालय चन्द्रनिगाहपुर धाउँदासमेत बेवास्ता गरेको गुनासो पीडित कमलादेवीको भान्जा जयप्रकाश सिंहले बताउनुभयो । ‘जमिनको नक्सा संसोधन गरिदिनुपर्यो हो, नभए संसोधन हुन नसक्ने पत्र दिनुपर्ने हो’, उहाँ भन्नुहुन्छ– ‘त्यो नापी कार्यालय चन्द्रनिगाहपुरबाट हुन सकेको छैन ।’

तर, नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सविन विक कित्ताकाट गर्दा भुल भए पनि भौतिक संरचनाको निर्माण भएकाले केही गर्न नसकिने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्