आजको मौसम : देशभर आंशिक बदली रहने



न्युज अफ नेपाल, काठमाडौं ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । प्रदेश नम्बर १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आज देशभर आंशिक बदली रहने विभागले जनाएको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

सोमबार पनि देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्