राष्ट्रिय भारोत्तोलन यसै महिना



काठमाडौं ।

नेपाल भारोत्तोलन संघको आयोजनामा २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब २ सय खेलाडी सहभागी हुनेछन् ।

जुनियर÷सिनियर तथा युथ पुरुष÷महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको खाना, बसोबास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ । तीनदिने प्रतियोगिताका खेलहरू मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्वेटमा हुनेछ ।

अध्यक्ष श्रेष्ठले कोभिड–१९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्