इन्द्रेणी कप राइनास ‘बी’लाई



लमजुङ ।

मस्र्याङदी गाउँपालिका–७ नयाँ गाउँमा सम्पन्न जिल्लास्तरीय दोस्रो इन्द्रेणी कप भलिबल प्रतियोगिताको उपाधि राइनास ‘बी’ समूहले हात पारेको छ । बुधबार राइनास नगरपालिकाका दुई समूह राइनास ‘ए’ र राइनास ‘बी’ बीच भएको फाइनल खेलमा ‘ए’ समूहलाई सोझो सेटमा हराउँदै राइनास ‘बी’ ले उपाधि हात पारेको हो ।

नयाँगाउँस्थित इन्द्रेणी युवा क्लबले तमु ल्होसारको अवसरमा प्रतियोगिताको आयोजना गरेको हो । राइनास ‘बी’ ले प्रथम पुरस्कार नगद ३० हजार र राइनास ‘ए’ ले २० हजार नगद प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी राइनासका भूपिन विक, उत्कृष्ट लिफ्टर उत्तम मगर, उत्कृष्ट सटर सद्दाम हुसेन घोषित भए । प्रतियोगितामा जिल्लाभरबाट १४ टिमले सहभागिता जनाएका थिए । सोही अवसरमा क्लबले आयोजना गरेको छेलो प्रतियोगितामा नयाँ गाउँका नीरप्रसाद गुरुङ प्रथम र राइनासका भूपिन विक द्वितीय भएका छन् । प्रतियोगितामा १३ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्