पछिल्लो २४ घण्टामा थपिए २४१ जना कोरोना संक्रमित


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभर ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मृत्‍यु शून्‍य भएको छ भने २२८ जना संक्रमणमुक्त भएका छन् ।नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ भने ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।