टुडिखेलमा तमु ल्होसारको राैनक प्रधानमन्त्री देउवाद्धारा उद्घाटन


न्युज अफ नेपाल,काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले टुडिखेलमा आयोजित तमु ल्होसारको उद्घाटन गरेका छन् । पानसमा बत्ती बालेर बेलुन उडाई उनले उद्घाटन गरेका हुन् ।  गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदैछन् ।

गुरुङहरुको नयाँ वर्ष आजबाट सुरु हुन्छ । यही नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउँदै आएका छन् ।

ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ ।