चर्चित र्‍यापर लाहुरे लागू औषधसहित पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको चर्चित र्‍यापर आशिष राना (लाउरे) लागू औषध सहित पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको गरेको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

स्रोतका अनुसार लाहुरेले लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।