बझाङमा दुईजना मृत भेटिए



न्युज अफ नेपाल, बझाङ ।

बझाङमा २ जना पुरुष फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा एक जना छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ७ का रहेका छन् भने अर्का एक जना सुर्मा गाउँपालिका १ का रहेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका – ७ बुड्खोरीका ४३ वर्षका जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् । त्यस्तै सुर्मा गाउँपालिका – १ दौलीचौरका ४४ वर्षका किट्टु बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए ।

धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । दुबै जनाको मृत्युबारे थप अनुसन्धान गर्न र पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्