सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाईते



भक्तपुर ।

भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गएराति मध्यपुर थिमी नगरपालिका वडा नं. ४ चारदोबाटोमा नयाँथिमीबाट गठ्ठाघरतर्फ जादै गरेको बा ४ च ५७६ नं. को कार आफै अनियन्त्रित भई सडकको बिच भागमा रहेको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार धनुषा जनकपुर उप महानगरपालिका १५ घर भई हाल काठमाडौं शान्तिनगर बस्ने बर्ष २२ को अभिषेक साहलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

दुर्घटनामा घाईते भएका कार चालक सिन्धुली कमलामाई नगरपालिका वडा नं. १२ बस्ने बर्ष २५ का सबिन घिसिङको मध्यपुर अस्पताल थिमीमा उपचार भईरहेको पाण्डेले बताउनुभयो ।

कार अनियन्त्रत भई सोही दिशातर्फ गईरहेको ट्याक्सी र बसलाई समेत ठक्कर दिएकोमा ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका वडा नं. १२ घर भई हाल ललितपुर टिकाथली बस्ने बर्ष ३२ को भिमसेन खत्री सामान्य घाईते भएका छन् ।

खत्री उपचार पश्चात डिस्चार्ज भएको प्रहरीको भनाई छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्