ढाकामा नेपालका ३ खेलाडीले जिते स्वर्ण



काठमाडौं ।

बंगलादेशको राजधानी ढाकामा आयोजना भएको अन्तर्राष्ट्रिय बिजी कराते प्रतियोगिता–२०२१ मा नेपालले ३ स्वर्ण पदक जितेको छ । ढाकामा भएको सो प्रतियोगितामा सन्देश मानन्धर, रजनी मल्ल ठकुरी र विश्वास कर्माचार्यले स्वर्ण पदक जितेका हुन् ।

सन्देशले फुलकन्ट्याक्ट कराते समूह तर्फबाट पुरुष खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् । यस्तै, नेपालका राजेन्द्र थापाले रजत पदक प्राप्त गरे । त्यसैगरी, महिला खुल्ला तौल समुहमा नेपालकी रजनी मल्ल ठकुरीले स्वर्ण जितेकी छन् । नेपालकै पेम्बा लाम्हु शेर्पाले रजत जितिन् ।
त्यस्तै, ६० केजी तौल समूहमा विश्वासले स्वर्ण जित्दा नेपालकै किशोर कुमार डेकाले रजत जिते ।

२७ देखि २९ डिसेम्बरसम्म सञ्चालित तीनदिने प्रतियोगिता फुलकन्ट्याक्ट कराते विधा तर्फबाट मुख्य जुरीमा नेपालका शिहान प्रेमनाथ श्रेष्ठ, जुरी शिहान अशोक कुमार श्रेष्ठ तथा गोविन्द लाल श्रेष्ठ थिए भने मुख्य निर्णायकमा भारतका भाग्येश्वर कउली रहेका थिए । नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा नेपाली खेलाडीले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्