पालिकास्तरीय फुटबल कप हुने



लमजुङ ।

लमजुङको राइनास नगरपलिका–६ गौलीटारमा लमजुङ पालिकास्तरीय धमिलीकुवा फुटबल कप हुने भएको छ । गौलीटार क्षेत्रीय खेल मैदान समितिले माघे संक्रान्तिका अवसरमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो । गौलीटारमा रहेको खेल मैदान जिल्लाकै ठूलो खेलमैदान भएकाले मैदानको प्रचार–प्रसारका साथै जिल्लामा खेलाडी उत्पादन गरी खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उक्त समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले बताउनुभयो ।

उहाँका अनुसार पहिलो हुने टिमलाई एक लाख ५० हजार नगद र दोस्रो हुने टिमलाई एक लाख नगद प्रदान गरिनेछ । सेमिफाइनलमा पराजित भएका २ टिमलाई २५/२५ हजार नगद दिइनेछ । सेमिफाइनल खेलदेखि म्यान अफ दि म्याच घोषणा गर्ने र उनीहरूलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिइनेछ । साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमलाई १०/१० हजार रुपियाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्