दार्चुलाका उच्च भेगमा भारी हिमपात


दार्चुला । 

जिल्लाका सबैजसो उच्च भेगहरूमा भारी हिमपात भएको छ । मंगलबार बिहान देखि मौसममा आएको बदलीका कारण वर्षा सँगै भारी हिमपात भएको छ ।

मंगलबार राती वर्षा सँगै उच्च भेगहरूमा बाक्लो हिउँ जमेको छ । ब्याँस, अपीहिमाल गाउँपालिकाका सबै बस्ती तथा दुहु, नौगाड र मालिकार्जुन गाउँपालिकाका उच्च भेगहरुका बस्तीमा हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपातले चिसो अत्याधिक बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । अपहिमाल गाउँपालिकामा सबै भन्दा बढी हिमपात भएको त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।