अटोमा ६९ किलो गाँजा

0
Shares

हेटौंडा, (नेस) ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१ स्थित पालुङ बसपार्कबाट अटो राखिएको ६९ किलो गाँजा बरामद गरेको छ । ना१ह ७६३८ नम्बर अटोबाट तरकारीको बोराभित्र लुकाई ल्याएको गाँजा बरामद हो ।

१० वटा पोकामा ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजा फेला परेको हुँदा प्रहरीले अटोचालक मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरे घर भएर हाल हेटौडा–७ कमाने बस्ने वर्ष ३४ का सीताराम मोक्तानसहितलाई पक्राउ गरिएको थियो ।

उक्त लागूऔषध गाँजा ओसारपसारमा संलग्न मकवानपुरको कैलाश–१ बस्ने वर्ष ३३ का अमरबहादुर गिरी र वर्ष २६ का इन्द्रबहादुर मोक्तानलाई पनि उक्त लागूऔषध गाँजा र अटोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।