नेपाल एयरलाइन्सका दुईवटा जहाज ग्राउण्डेड



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दुईवटा जहाज ग्राउण्डेड भएको छ । न्यारोबडी जहाज इन्जिनको समस्याका कारण ग्राउण्डेड भएको छ भने वाइडबडी जहाज विद्युतीय समस्याका कारण ग्राउण्डेड भएको हो ।

९ एन एकेडब्ल्यू कल साइनको ए-३२० जहाजमा विद्युतीय समस्या देखिएको छ । मंगलबार यो जहाजले ११० जना यात्रु लगेर जापान जानुपर्ने थियो भने फर्किदा १९० यात्रु ल्याउनुपर्ने थियो । त्यस्तैगरि ९ एन एएलवाइ कलसाइनको ए-३३० जहाजमा इन्जिनमा समस्या आएको छ । उक्त जहाजले काठमाडौंबाट दोहा पुगेपछि फर्केर दुबइ उडान भर्नुपर्ने थियो । काठमाडौंबाट १५० जना यात्रु जाने र १७० जना यात्रु फर्किनु पर्ने थियो ।

यसअघि पनि उक्त जहाजमा त्यस्तै समस्या आउँदा प्राविधिक टोलीले ती जहाजहरु तत्कालका लागि ग्राउण्डेड गर्नुपर्ने बताएका थिए ।

निगमका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरेर चारवटा जहाजले दैनिक झण्डै दशवटा सम्म उडान गर्दै आएका थिए । अब दुईवटा जहाज ग्राउण्डेड भएपछि दैनिक ५० प्रतिशतसम्म उडान प्रभावित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्