नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकीकरण 


न्युज अफ नेपाल,काठमाडौं ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र  नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ ।

राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन् ।

उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए ।