नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता घोषणा


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकता घोषणा भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमाझ दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घोषणा कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता डीएस महताले पार्टी एकतापश्चात् सबैले इमान्दारपूर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।