एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता घोषणा हुँदै


न्युज अफ नेपाल काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता घोषणा हुँदैछ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो ।

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको जनवादीको देशभरी ४३ कमिटी रहेको छ । देवेन्द्रसिंह महताको नेतृत्व रहेको नेकपा (जनवादी) २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो ।

एकता कार्यक्रममा जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महता र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।