बाकामलाङ र गल्धा विजयी



पाल्पा, (नेस) ।

पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ बाकामलाङ र महिलातर्फ गल्धा विजयी भएका छन् । उपभोक्ता समिति निस्दी, पाल्पाद्वारा आयोजित चौथो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बाकामलाङले गल्धा र महिलातर्फको खेलमा मित्यालमाथि जीत हासिल गर्दै उपाधि हासिल गरेका हुन् । निस्दीमा पौष १० गतेदेखि प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा सहलकोटले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा पुरुषतर्फ विजेता, उपविजेता, तृतीय हुने समूहलाई क्रमशः नगद ५० हजार, ३५ हजार, २० हजार र महिलातर्फ नगद ३० हजार, २० हजार र १० हजार रुपियाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्