काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेले लुम्बिनी प्रदेशको विभिन्न स्थानहरूमा बैंकिंङ वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत उक्त कार्यक्रम सञ्चालन हो ।
कोटीहवा स्थित पशुपती स्कुल र कलेज र सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ सेन्टरमा यस्तो कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । उक्त कार्यत्रमहरूमा बैंकिंङ सेवा सुविधा, डिजिटल बैंकिंङ प्रविधि, बचत खाता लगायत बैंकिंङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । सो अभियानबाट बैंकले स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिंङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिंङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिंङ आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था बैंकले जनाएको छ ।











प्रतिक्रिया