शिवम् सिमेन्टद्वारा ५ लाखबराबरको जोखिम बीमा



काठमाडौं ।

शिवम् सिमेन्टद्वारा ५ लाखबराबरको जोखिम बीमा कार्यक्रम अगाडि सारेको छ । शिवम् सिमेन्ट लिमिटेडले २ नं. प्रदेशअन्तर्गत पर्ने विभिन्न जिल्लाहरूका १२ स्थानमा सम्पन्न निर्माण कर्मीहरूसँगको निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रमा १ हजारभन्दा बढी निर्माण कर्मीहरूसँग परामर्श तथा उनीहरूको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तक्र्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख रुपियाँबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो । योसँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५ सय बढी निर्माण कर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माण कर्मीहरूको ५ लाख रुपियाँबराबरको जोखिम बहन बीमा गरिसकेको छ ।

मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा १ हजारभन्दा बढी निर्माण कर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरूसँग अन्तक्रिया तथा उनीहरूको जोखिम बीमा सम्पन्न गरी सकेको छ । उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरूलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवम् सिमेन्टले चरणबद्ध रूपमा देशका विभिन्न स्थानहरूमा नियमितरूपमा निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ । हालसम्म निरन्तररूपमा देशका विभिन्न ३७ स्थानमा २५ सयभन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्र्रिया गरी उनीहरूको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन् । शिवम् सिमेन्टले निरन्तररूपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल फ्रि.नं.समेत उपलब्ध गराएको छ । आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका बिक्रेताहरूसँगको समन्वयमा यस अन्तक्र्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन बताउने गरेको कम्पनीले बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको जनाएको छ ।

देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित भएको थियो ।

ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको हो । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारण ग्राहकवर्गको मन जित्न सफल भएको कम्पनीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्