मुत्रथैलीको पत्थरी शल्यक्रियामा नर्भिकले २० प्रतिशत छुट दिने



काठमाडौं ।

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभरि मुत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलले मुत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरूको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो ।

नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धुलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध गराएको छ ।

नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिबार युरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गरिरहेको छ । त्यस्ता ओपिडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरूको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो । सोही अनुसार बिरामीहरूले घोषित सहुलियतसमेत पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्