पाल्पामा दश हजार मतदाता थपिए



पाल्पा, (नेस) ।

पाल्पामा यसपटक १० हजार २ सय ४५ जना नयाँ मतदाता थपिएका छन् । गत मंसिर १७ गतेदेखि पुस ८ गतेसम्म जिल्लाभर सञ्चालन भएको मतदाता नामावली संकलन अभियानबाट १० हजार २ सय ४५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालका अनुसार जिल्लाका विभिन्न पालिकाका केन्द्रमा संकलन गरिएको फोटोसहितको मतदाता नामावलीमा ४ हजार ८ सय ९० जना महिला र ५ हजार ३ सय ५५ जना पुरुषको मतदाता नामावली संकलन गरिएको छ ।

जिल्लाको रामपुर नगरपालिकामा सबैभन्दा बढी २५ सय ४१, निस्दी गाउँपालिकामा १३ सय ५७, तिनाउ गाउँपालिकामा ७ सय ५६ जनाको मतदाता नामावली संकलन भएको छ । यस्तै, पूर्वखोलामा ५ सय ७१, बगनासकालीमा ६ सय ३५, माथागढीमा ५ सय ७८, रम्भामा ९ सय ८८, रिब्दीकोटमा ४ सय ४५ र रैनादेवी छहरामा ९ सय ५४ जना मतदाताको नामावली संकलन भएको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्