तानसेन–रिडी–तम्घास सडक बन्द



पाल्पा, (नेस) ।

तानसेन–रिडी–तम्घास सडक खण्ड चौडा गर्नका लागि १० दिन सडक बन्द गरिने भएको छ । पुस १२ गतेदेखि पुस २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार पुस १२ गतेदेखि पुस २२ गतेसम्मका हरेक दिन बिहान ९:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाएर पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो ।

उक्त सडक खण्डको जोर्ते भीर क्षेत्रको पहाड कटान गर्न र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । यसअघि पनि दुई पटकसम्म सो सडक सोही प्रयोजनका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्